मकवानपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले मंगलबार हेटौंडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । नेपालीहरुको महान चाडपर्व शुभ दिपावली, छठ पर्व, नेपाल सम्वतलगायत विभिन्न चार्डपर्वका अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।

राप्रपा मकवानपुरका अध्यक्ष गुरु प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, राप्रपाका नेताहरु मधु अधिकारी, सिताराम बर्तौलालगायत नेता कार्यकर्ताहरुको उपस्थिती थियो ।