मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोरोना संक्रमितलाई हौसला प्रदान गर्ने र समुदायमा सचेतना फैलाउने काम गर्न सबैलाई आग्रह गर्नुभएको छ । हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा सरोकारवाला पक्षसंग छलफल गर्ने क्रममा मंगलबार हेटौंडा–७ मा आयोजित छलफलमा उहाँले कोरोना संक्रमितलाई हौसला प्रदान गर्न र समुदायमा सचेतना फैलाउन आग्रह गर्नुभएको हो ।

प्रमुख खुलालले कोरोनाबाट बच्नकालागि समुदायलाई कोरोना बारेमा सचेत बनाउनु संक्रमितहरुलाई हुने दुव्र्यवहारलाई निरुत्साहीत गर्नु र स्वास्थ्य सुरक्षाका उपाए अपनाउनु नै प्रमुख उपाए भएको बताउनुभयो । उहाँले कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्नु बाहेक अर्को विकल्प नभएको भन्दै सो विषयमा जनचेतना फैलाउने र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्ने र गराउने तर्फ लाग्न आग्रह गर्नुभयो । छलफलका क्रममा उहाँले कोरोना संक्रमण बिरुद्धमा डराएर हैन डटेर समाना गर्नुको बिलल्प नरहेको तर, सावधानी अपनाउन जरुरी रहेको बताउनुभएको छ ।

छलफलका क्रममा सहभागिहरुले कतिपय ठाँउमा व्यवस्थापनमा कमजोरी, अनियन्त्रित रुपमा पसल, व्यवसाय सञ्चालन हुँदा संक्रमण दर बढेको बताएका थिए । त्यस्तै उहाँहरुले अरुलाइ दोस दिनु भन्दा हामी आफै सचेत भएर कोरोनाबाट बच्नु पर्ने बताएका थिए । कोभिडबाट कसरी बच्ने र लागिसके पछि के गर्ने भन्ने बारे समुदायमा सचेतना फैलाउनु पर्ने सहभागिहरुको भनाई थियो । उहाँहरुले स्वास्थ्य सावधानी अपनाएर बजार खोल्ने समय बढाउनु पर्ने समेत बताउनुएको थियो ।

छलफलमा ७ नम्बर वडा अध्यक्ष राजन थापाले हालसम्म वडामा १३ जनामा संक्रमण पुष्टि भएको जसमध्ये ६ जना निको भईसकेको तथा बाँकी अन्य होम आइसोलेसनमै बसेको जानकारी दिनुभयो । उहाँले वडामा सचेतना फैलाउने, संक्रमितलाई नियमित सम्पर्क गर्ने र हौसला बढाउनेलगायतका कार्यहरु नियमित रुपमा भईरहेको समेत जाकारी दिनुभयो । छलफलमा वडाका जनप्रतिनिधिहरु, विभिन्न राजनैतकि दलका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, स्वास्थ्यकर्मीलगायतको सहभागिता थियो ।