थाहा नगरपालिका नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएकाे छ । नगरकार्यपािलका सदस्यकालागि मंगलबार भएको निर्वाचनमा माओबादी केन्द्रका उम्मेद्वारहरु बिजयी भएका छन् । कार्यपालिका महिला सदस्य ५ जनाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका ५ जना उम्मेद्वार निर्वाचित भएका छन् । माओवादीका तर्फबाट रितु कार्कीले ३३ मत, अञ्जु श्रेष्ठले ३३ मत, अनिता बलले ३३ मत, चन्द्रमाया थिङले ३३ मत र पवित्रा कार्की ठकुरीले ३१ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
त्यस्तै नेकपा एमालेका उर्मिला कामीले १८ मत, सानुमैंया बिश्वकर्माले १८ मत, शर्मिला बस्नेतले २० मत, बिमला पाख्रिनले १८ मत, कान्छीमाया वाईवाले १८ मत प्राप्त गरेका थिए । आजै भएका दलित/अल्पसंख्यक ३ जना सदस्यको निर्वाचनमा नेकपा माओवादी केन्द्रका २ र नेकपा एकीकृत समाजवादीका १ जना निर्वाचित भएका छन् । माओवादीका तर्फबाट रामप्रसाद बिश्वकर्मले ३४ मत, राम दर्जीले ३४ मत प्राप्त गरेका थिए । एकीकृत समाजवादीका जनक बहादुर कामीले २९ मत प्राप्त गरेका थिए । साथै एमालेका अशोक खाती चनाराले २२ मत प्राप्त गरेका थिए ।कार्यपालिका महिला सदस्य र दलित/अल्पसंख्यक कार्यपालिका सदस्यको निर्वाचनमा नेपाली कांग्रेसले उम्मेद्वारी दिएको थिएन । भने मतदान प्रक्रियामा समेत सहभागी भएको थिएन । अब थाहा नगरपालिका नगर कार्यपालिकामा नेकपा माओबादी केन्द्रबाट १४ जना, नेपाली काङ्ग्रेसबाट ४ जना, नेकपा एमालेबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट १ जनाको प्रतिनिधित्व रहनेछ ।कार्यपालिका निर्वाचनमा निर्वाचित सबैलाई नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बिनोदकुमार लामाले बधाई दिए । लामाले कार्यपालिकामा आफ्नो पार्टीको स्पष्ट बहुमत भए पनि सबै दलको भावनाको सम्मान गरिने र नीति तथा कार्यक्रमहरुमा उचित स्थान दिई सहकार्यको संस्कृति कायम राख्ने बताए ।
यस्तै कैलाश गाउँपालिकाको कार्यपालिका सदस्यको चयनको लागि आज बुधबार उम्मेदवार दर्ता भएकाे कैलाश गाउँपालिकाका निर्वाचन अधिकृत मुकुन्द हरि पौड्यालले जानकारी दिनुभएको छ । उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुको १४ गते नामावली प्रकाशन हुने र १७ गते मतदान हुने भएको छ । निर्वाचनबाट ६ जना कार्यपालिका सदस्य निर्वाचित हुने छन् । नवनिर्वाचित जनप्रतिनिधिबाट ४ जना महिला सदस्य र दलित वा अल्संख्यकबाट २ जना कार्यपालिका सदस्यमा निर्वाचित हुने पौड्यालले बताउनुभयो । नवनिर्वाचित पालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य गरी ५२ जनाले मतदान गर्नेछन् ।