नेपाल ओलम्पिक कमिटी(एनओसी)ले सम्पूर्ण ओलम्पियन खेलाडीहरुको कोरोना बिमा गर्ने भएको छ ।कमिटीको शनिबार बसेको अर्चुुअल बैठकले ओलम्पियनसँगै ओलम्पिकको तयारी गरिरहेका खेलाडी र प्रशिक्षक, एनओसीका सदस्य तथा कर्मचारीको समेत कोरोना बिमा गर्ने निर्णय गरेको हो ।

यस्तै टोकियो ओलम्पिकको तयारीमा रहेका खेलाडी र खेल प्रशिक्षकको पनि १ लाख रुपैयाको कोरोना बिमा गरीने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले रेडियो नेपाललाई जानकारी दिनुुभयो ।कमिटिले कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले राष्ट्रिय टोलीमा आवद्ध सबै खेलाडीको कोरोना बिमा गरीदिन सरकारसंग माग गरीएको अध्यक्ष श्रेष्ठले बताउनुुभयो ।

यस्तै ओलम्पिक कमिटीले कोरोना संक्रमित ओलम्पियन जितबहादुर केसीको स्वास्थ्य लाभको कामना गरेको छ । शनिवारको बैठकले कोरोना प्रभावका कारण गएको चैत देखी ठप्प रहेका खेल गतिविधिलाई चलायमान बनाउन आफ्नै मापदण्ड बनाउने निर्णय गरेको छ । विश्वस्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयद्धारा जारी मापदण्डका अतिरिक्त छुटै प्रोटोकल बनाउन डा. शरोजकृष्ण श्रेष्ठलाई जिम्मेवारी दिईएको छ । प्रोटोकल जारी भएपछि कार्यालयको काम संगसंगै अन्य खेल गतिबिधि पनि स्वास्थ्य मापदण्ड पालना गरी संचालन गरीने एनओसीले जनाएको छ ।