मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले व्यवसायिक कृषि उद्यममा लागेर आत्मनिर्भर बन्न आग्रह गर्नुभएको छ । बागमती प्रदेश सरकार मातहतको कृषि ज्ञान केन्द्र चितवनबाट ५० प्रतिशत आर्थिक सहयोगमा हेटौंडा–७ का ४० जना कृषहरुले गरेको व्यवसायिक तरकारी खेतीको अनुगमनका क्रममा उहाँले व्यवसायिक कृषि उद्यममा लागेर आत्म निर्भर बन्न आग्रह गर्नुभएको हो ।

मुख्यमन्त्री पौडेलले कृषिउपजमा प्रदेशलाई आत्मनिर्भर बनाउन सरकार लागिपरेको भन्दै सरकारले उद्यमशीलता वृद्धि गरी उत्पादन बढाउन तथा रोजगारी सिर्जना गर्न प्रभावकारी कार्यक्रम तयार पारेको जानकारी दिनुभयो । कृषिउपजमा प्रदेशलाई आफ्नै कार्यकालमा आत्मनिर्भर बनाउन लागि परेका मुख्यमन्त्री पौडेलले प्रदेशका विभिन्न जिल्लामा सरकारमार्फत अनुदान प्राप्त गरी सञ्चालन भएका कृषि उद्यमको नियमितरुपमा अनुगमन गर्दै आउनुभएको छ । प्रदेश सरकार उत्पाकत्व बृद्धिसंगै उत्पादित कृषि उपजको बजारीकरणमा समेत लागेको बताउनुभएको छ ।

बागमती प्रदेश सरकार मातहतको कृषि ज्ञान केन्द्र चितवनबाट ५० प्रतिशत आर्थिक सहयोगमा हेटौंडा–७ का ४० जना कृषहरु व्यवसायिक तरकारी खेतीमा लागेका छन् । सरकारले ४० जना कृषलाई व्यक्तिगत रुपमा टनेल निर्माण गर्न ५० प्रतिशत अनुदान उपलब्ध गराए पछि उनिहरु व्यवसायिक तरकारी खेतीमा लागेका हुन् । कृषि ज्ञान केन्द्रले ३० लाख लगानीमा निर्माण भएको ४० वटा टनेल निर्माणका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराएको ७ नम्बर वडा अध्यक्ष राजन थापाले जानकारी दिनुभयो । सरकारले सहयोग उपलब्ध गराएपछि कृषकहरु व्यसायिक तरकारी खेतीमा आकर्षित भएको उहाँले बताउनुभयो । सरकार कृषि क्षेत्रको विकास तथा स्वदेशमै रोजगारी सृजना गर्ने र व्यवसायिक कृषिमा आकर्षित गर्ने उदेश्यले अनुदान दिएको हो । अहिले ४० जना कृषकले उक्त टनेलमा गोलभेडा खेती गरेको साथै व्यवसाय बिस्तार गर्ने सोच बनाएको समेत उहाँले बताउनुभयो । अनुगमनमा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य देवराज रिमाल पनि सहभागि हुनुहुन्थ्याे ।









