मकवानपुर– नेपाल कम्युनिष्ट पाट्री नेकपा हेटौंडा उपमहानगरपालिका ८ नम्बर वडा कमिटीले कोरोना भाइरस (कोभिड–१९) का नियन्त्रणमा लाग्न आम वडाबासी तथा पार्टी कार्यकर्तामा आव्हान गरेको छ । शनिबार बसेको वडा कमिटी सचिवालय बैठकले सम्पूर्ण वडा पार्टी नेता तथा कार्यकर्तालाई जनताको सेवामा टोलस्तरमै परिचालिन हुन आव्हान गर्ने निर्णय गरेको हो ।

शनिबार बसेकाे नेकपा वडा कमिटी सचिवालय बैठकले वडामा कोभिड –१९ नियन्त्रण गरी सम्पूर्ण वडाबासीलाई स्वास्थ्य सुरक्षा अपनाई सुरक्षित गर्न र गराउन र रहन, सम्पूर्ण वडा पार्टी नेता तथा कार्यकर्तालाई जनताको सेवामा टोलस्तरमै परिचालिन हुन साथै कोभिड–१९ प्रभावित व्यक्तिलाई छिछिदुरदुर, हेलाहोचो, सामाजिक दुर्व्यवहार नगरी सहयोग, सान्त्वना, सकारात्मक प्रोत्साहन दिन आम वडाबासी तथा पार्टी कार्यकर्तामा आव्हान गर्ने निर्णय गरेको वडा कमिटी सचिवालयका सचिव रामबहादुर दुलालले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले हेटौंडा–८ मा नेकपा वडा कमिटीको जमिनमा मदन आश्रित स्मृति भवन निर्माण गर्न नेकपा ८ नम्बर वडा इन्चार्ज बोलबहादुर कार्कीे संयोजक रहेको मदन–आश्रित स्मृति भवन निर्माण समिति गठन गर्ने निर्णय गरेको छ । समितिमा सहसंयोजक धर्मराज पुडासैनी सचिव कृष्ण बहादुर श्रेष्ठ, कोषाध्यक्ष गोपिनी खतिवडा र सदस्यहरु रामबहादुर दुलाल, गोतामे मुक्तान र विष्णु अर्याल रहनुभएको छ ।
त्यस्तै बैठकले पार्टी वडा सचिवालय सदस्य धनलक्ष्मी थापा लगायत सम्पूर्ण कोरोना पिडितहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गर्नुका साथै कम्युनिष्ट आन्दोलनका पुराना नेता तथा सेल्टरदाता एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष भैरव राईका धर्मपत्नीको निधन प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको दुलालले जानकारी दिनुभयो ।
वडा कमिटी अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको अध्यक्षता तथा नेकपा जिल्ला कमिटी सचिवालय सदस्य एवम् ८ नम्बर वडा अध्यक्ष गोपाल बहादुर श्रैष्ठको प्रमुख आतिथ्यतामा बसेको बैठकमा जिल्ला कमिटी सदस्य गणेशकुमारी श्रेष्ठ, नगरकमिटी सचिवालय सदस्य धर्मराज पुडासैनी, मोतीलाल लामा, नगर सचिवालय सदस्य एवम् ८ नम्बर इन्चार्ज बोलबहादुर कार्की, सहइन्चार्ज जंगबहादुर गुरुङ, नगरकार्यपालिका सदस्य यशोदा उप्रेतीलगायतको आतिथ्यता रहेको थियो ।