मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबारबाट संचालनमा आएको खाद्य आदान प्रदान कार्यक्रममा मकवानपुर जिल्ला साईकल संघले आज खाद्यान्न सामग्री सहयोग गरेको छ । मदन भण्डारी फाउण्डेशन मकवानपुरले “हुनेल दिएर जाँऔं, नहुनेले लिएर जाँऔं” भन्ने नारासहित सञ्चालन गरेको अभियानलाई आज संघले १४ हजार ५ सय बराबरको खाद्यन्न ( चामल, दाल, नुन र तेल) सहयोग गरेको हो ।

कोरोना संक्रमणको कारण दैनिक गुजरा टार्न समेत समस्या भएकाहरुको लागि भनेर हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४, स्थित कपुर कमप्लेक्स परिसरमा सञ्चालनमा आएको अभियानलाई मकवानपुर जिल्ला साईकल संघका कार्यसमितिको उपस्थितिमा फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलाललाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो । सो अवसरमा फाउण्डेसनका अध्यक्ष खुलालले फाउन्डेसले सञ्चालन गरेको मानविय कार्यमा सहयोग गरेकोमा धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा समेत सहयोगको अपेक्षा गर्नुभएको छ ।
मकवानपुर जिल्ला साईकल संघको पदाधिकारी तथा सदस्यहरुले व्यक्तिगत रकम संकलन गरी सहयोग गरेको अध्यक्ष्य संगित श्रेष्ठले जानकारी दिनुभयो । खाद्यान्न सामग्री हस्तान्तरण गर्दै संघका अध्यक्ष श्रैष्ठले अहिलेको विषम परिस्थितीमा फाउण्डेसनले सञ्चालन गरेको कार्य हरेक दृष्टिले राम्रो भएकोले सहयोग उपलब्ध गराईएको बताउनुभयो । कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा साईकल संघ र प्रतिष्ठानको अध्यक्ष लगायत पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।