मकवानपुर– नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश संसदीय बोर्डको बैठक आज बस्दै छ । एमाले संसदिय दलका नेता एवम् मुख्यमन्त्री डोरमणि पौडेलले बिहान ११ बजेका लागि बैठक बोलाउनुभएको हो ।
नेकपा एमाले बागमती प्रदेश सभा संसदीय दलका मुख्य सचेतक दीपक निरौलाका अनुसार बैठक मुख्यमन्त्री निवासमा बिहान ११ बजे बस्ने तयारी गरिएको छ । मुख्य सचेतक निरौलाका अनुसार बैठकमा पार्टी विरोधी लागेकाहरुलाई स्पष्टीकरण सोध्ने र कारबाहीको प्रक्रिया अगाडी बढाउने तयारी रहेको जानकारी दिनुभयो ।
बैठकमा गएको जेठ ६ गते भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई भोट नहाल्ने एमालेका एक दर्जन प्रदेश सदस्यलाई स्पष्टीकरण सोध्ने र कारबाहीको प्रक्रिया अगाडी बढाउने तयारी रहेको बताइएको छ । यसैगरि बैठकमा कोभिड–१९ कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनमा प्रदेश सरकारले गरेको कार्य सम्बन्धी विषयमा समेत छलफल हुने बताइएको छ ।