मकवानपुर– मकवानपुरमा बुधबार थप २२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । बुधबार ७ जना महिला र १५ जना पुरुषमा सङ्क्रमण पुष्टि भएकाे हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयाे । भदौ १५ गते सङ्कलित १४० स्वाब नमूना मध्ये २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि उहाँले जानकारी दिनुभयाे । संक्रमित मध्ये एक जना मकवानपुरगढी गाउँपालिकाका र एक जना जिल्ला बाहिरका समेत रहेकाे उहाँले बताउनुभयाे ।
