हेटाैंडा– कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल संख्या दुई सय ५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले छ जना महिला र छ जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।
कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा चितवकी ५५ र १८ बर्षीया महिला, काठमाडौँकी ८९ बर्षीया महिला र ललिपुरकी ७० बर्षीया महिला, तनँहुकी २० बर्षीया महिला, र कपिलबस्तुकी ६० बर्षीया महिलाको मृत्यु भएको हो भने बाराका ९७ बर्षीय पुरुष, चितवनका ६५ बर्षीय पुरुष, र भक्तपुरका ४० बर्षीय पुरुष, काठमाडौंका ७० र ७५ बर्षीय पुरुष, र धादिङका ४७ बर्षीय पुरुषको मृत्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।