हेटौंडा– नेपालमा पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
योसंगै बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको प्रवक्ता गौतमले बताउनुभयो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भएर ३८५ जना घर फर्किएसंगै हालसम्म १९ हजार ५०४ जना घर फर्किएका छन् । हालसम्म होम आइसोलेसनमा ६ हजार २८ जना र संस्थागत आइसोलेसनमा ८ हजार ७११ जना रहेको प्रवक्ता गौतमले बताउनुभयो ।