मकवानपुर– हेटौंडामा बुधबार मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१४, रातोमाटेमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका परवानीपुरका २६ वर्षीय प्रतिक क्षेत्रीको मृत्यु भएको हो ।
बीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको बा ४५ प ८४७४ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना भएको हो । मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा सडक कल्भर्डभन्दा तल खोँचमा मोटरसाइकलले थिचेको अवस्थामा क्षेत्रीलाई भेटेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । क्षेत्रीको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको र मृतकका परिवार सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुसिल सिंह राठौरले जानकारी दिनुभयो ।