मकवानपुर– मकवानपुर प्रहरीले बितेको ५ दिनमा विभिन्न मुद्धामा अदालतबाट दोसी ठहर भई कैद भुक्तानी एवम् जरीवाना तिर्न बाँकी ३७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत मकवानपुरबाट बिभिन्न मितिमा भएको फैसलाबाट जरिवाना तथा कैद सजाय तोकी फरार रहेका ३७ प्रतिवादीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुसिल सिंह राठौरका अनुसार गत २२ गते देखि २६ गते आज सम्ममा ३७ जना फरार प्रतिवादीलाइ पक्राउ गरिएकाे हाे । फरार प्रतिवादीहरुलाई पक्राउ गरी कैद तथा जरिबाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा पेश गरिएको उहाँले बताउनुभयाे । अदालतबाट भएको फैसलाबाट उनिहरुले ८ बर्ष ५ महिना १५ दिन कैद सजाय र ८० हजार ७५ रुपैया जरिवाना भुक्तान गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । उनिहरुलाई कैद भुक्तानको लागि कारागार कार्यालय पठाउने कार्य भइरहेको प्रहरी उपरिक्षक राठौरले बताउनुभयो ।