फाइल तस्विर

मकवानपुर– हेटौंडामा बुधबार एक सय २४ जनाको स्वाव नमुना संकलन भएको छ । हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डबाट आज एक सय २४ स्वाब नमूना सङ्कलन गरिएको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।
आज सङ्कलित नमूना मध्ये एक सय १० वटा स्वाब नयाँ व्यक्तिको हो भने १४ वटा स्वाब नमूना कोरोना भाइरस सङ्क्रमितको पुनः परीक्षणका लागि सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयाे । सङ्कलित स्वाब नमूना हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्थापना गरिएको प्रादेशिक कोरोना प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ । कोरोना परीक्षणका लागि भदौ ३ गतेदेखि सङ्कलित स्वाब नमूनाको प्रयोगशाला रिपोर्ट भने अझै प्राप्त हुन सकेको छैन ।