हेटाैंडा – मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचाैँ संस्करणकाे बागमती गाेल्डकप प्रतियाेगितामा मकवानपुर–११ सेमिफाइनलमा प्रवेश गरेकाे छ । साेमबार भएकाे खेलमा विभागिय टाेली नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै मकवानपुर–११ सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफको ९ औं मिनेटमा जर्सी नम्बर १० का एलिस चौलागाईले एक गोल गरेर मकवानपुरलाई अग्रता दिलाएका थिए । दोस्रो हाफकाे ५७औं मिनेटमा पुलिसका जर्सी नम्बर १२ का रवी पासवानले गोल गरेर खेल बराबरीमा फर्काएका थिए । तर, दोस्रो हाफको ६७ औं मिनेटमा जर्सी नम्बर ११ का अनिश महर्जनले थप एक गोल गर्दै मकवानपुरको जित सुनिश्चित गराए । जितसंगै मकवानपुर –११ले माघ १ गते संकटा क्लब, मच्छिन्द्र क्लब वा नेपाल ए.पि.एफ. क्लब मध्ये एक टिमसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । भने, पुलिस प्रतियोगिताबाट बाहिरिएको छ । आजको खेलको म्यान अफ दि म्याच मकवानपुरका अनिश महर्जन घोषित भएका छन् । उनले नगद ५ हजार पुरस्कार प्राप्त गरे ।
प्रतियाेगितामा भोली (मंगलबार) हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच दिउँसो २ बजे खेल हुनेछ । प्रतियोगितामा विजेता टिमले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । माघ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय, स्थानीय तथा अन्तर्राष्ट्रिय गरी १० टिमको सहभागिता रहेको छ ।