काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग फेरि भेटवार्ता गर्नुभएको छ । आज बिहीवार बालुवाटारमा उहाँहरूबीच भेटवार्ता भएकाे हाे । भेटवार्तामा उहाँहरूबीच फाेहाेर सम्बन्धी समस्याकाे समाधान र चलिरहेको अवस्थाबारे छलफल भएकाे हाे ।
यसअघि गएकाे जेठ १८ गते पनि उहाँहरूबीच भेट भएकाे थियाे । त्याे भेटवार्तामा देउवाले काठमाण्डाै महानगरपालिकाको जुनसुकै समस्या समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको थियाे । अहिले काठमाण्डाैकाे फाेहाेर व्यवस्थापनमा अवराेध हुँदै आएकाे छ । फाेहाेर व्यवस्थानमा विभिन्न माग राख्नै बञ्चरेडाँडाका बासिन्दाले अवराेध गर्दै आएका छन् । फाेहाेर व्यवस्थापनकाे विषयमा भाेलि शुक्रवार स्थानीयवासीसँग छलफल हुने भएकाे छ ।