हेटौंडा– लायन्स क्लब अफ हेटौंडा सुर्योदयको युवा कार्यक्रम अन्तरगत सोमबार हेटौंडाका विभिन्न स्थानमा सचेतनामुलक ब्यानर राखिएको छ । समाजसेवामा सक्रिय रहेको लायन्स कलबको युवा कार्यक्रम अन्तर्गत विभिन्न स्थानमा “मास्क खोइ” र कोभिड–१९ सम्बन्धि सचेतनामुलक संदेश उल्लेखित व्यानर राखिएको हो ।
लायन्स क्लब अफ हेटौंडा सुर्योदयको युवा कार्यक्रमको रुपमा स्थापना भएको क्लवले आज सचेतनामुलक कार्यक्रम गरेको हो । लियो क्लब अफ हेटौंडा सुर्योदयको आयोजनामा हेटौंडा उपमहानगरपालिका क्षेत्रका विभिन्न सिमा नाका तथा चोकहरुमा मास्कको प्रयोग तथा कोरोना सँग कसरी बच्ने भन्ने बारेको चेतनामुलक ब्यानरहरु राखिएको हो ।
अरुबेला जस्तो सहज परिस्थिति नभएको हुँदा क्लबका धेरैजना सदस्यहरुलाई भेला नगरी तथा सामाजिक दुरी कायम गर्दै क्लबका अध्यक्ष लियो शुभम लम्साल, प्रथम उपाध्यक्ष लियो पृथ्वी नेपाल र कोषाध्यक्ष लियो सुबास भण्डारीले हेटौंडा–१५ को चुरीयामाई मन्दिर नजिकैको चेकपोस्ट, रातोमाटे चेकपोस्ट, बुद्ध चोक, हेटौंडा–११ थानाभ¥याङ, ट्राफिक चेकपोस्ट, सामरीको पुल नजिक, हेटौंडा–५ स्थित क्याम्पाडाँडा चौतारी र माछा प्लानको लेकसाईड वरिपरि ब्यानर राखिएको क्लबका अध्यक्ष लम्सालले बताउनुभयो । कार्यक्रममा लियो क्लब अफ हेटौंडा सुर्योदय क्लासिकका कोषाध्यक्ष लियो प्रबेश धिताल कुन्दन तथा हेटौंडा–५ पिप्ले निवासी युवा समाजसेवी नितेश लामिछानेको समेत उपस्थिति रहेको थियो ।