हेटौंडा– नेपालमा हुन लागेको कोरोना भाइरसविरुद्धको खोप परीक्षणको विरोध नगर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । चीन, रुस र बेलायतले बनाएको कोरोनाविरुद्धको खोपको परीक्षण गर्ने तयारी भएपछि यसको विरोध सुरु भएको भन्दै मन्त्रालयले मापदण्ड पालना गरेर मात्रै परीक्षण गरिने हुँदा ढुक्क हुन आग्रह गरेको हो ।
नेपाल अनुसन्धान परिषद् र विश्वव्यापी मान्यताको आधारमा स्वतःस्फूर्त रुपमा खोपको अध्ययन र परीक्षणमा सामेल हुन चाहनेलाई मात्रै सहभागी गराइने हुँदा यसमा भ्रम नराख्न मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमको सुझाव छ । तेस्रो चरणमा पुगेका खोपको परीक्षण गर्न चीन, रुस र बेलायतका कम्पनी इच्छुक भएसँगै नेपालमा परीक्षणको प्रक्रिया अगाडि बढेको छ ।
(स्राेत)