मकवानपुर – बागमती प्रदेश सरकारले प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेकोछ । बिहीबार मुख्यमन्त्री कार्यालयमा आयोजित एक कार्यक्रमका बिच मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे लगायत सत्तारूढ गठबन्धन दलका नेताहरूले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नु भएको हो ।
प्रदेशमा गठबन्धन सरकार गठन भएको ३५ दिनपछि सार्वजनिक गरिएको न्यूनतम कार्यक्रममा कोभिड–१९ को महामारीबाट प्रदेशवासी नागरिकको जीवन रक्षा, संविधानको सर्वोच्चता, कानूनी राज्य र सुशासनको प्रत्याभूति दिलाउने गरी सरकार सञ्चालन गरिने, संघीयताको कार्यान्वयनका लागि प्रदेश सरकारका माध्यमबाट सशक्त पहल गरी संवैधानिक क्षेत्राधिकार बमोजिम प्रदेशका अधिकारको प्रयोग र स्थानीय तहका अधिकार हस्तान्तरण गर्ने जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।
सो अवसरमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बाम लोकतान्त्रिक गठबन्धनको कार्यदलले समसामयिक जनहितका न्यूनतम साझा कार्यक्रम तय गरी प्रदेश सरकारलाई बुझाएकोमा धन्यवाद व्यक्त गर्नु भयो । उहाँले प्रदेश सरकारसंगको समन्वयमा कार्यदलले साझा कार्यक्रम बनाएको भन्दै प्रदेश सरकारले त्यसको कार्यान्वयनको कामलाई तीब्रताका साथ अघि बढाउने बताउनुभयो ।
न्यूनतम साझा कार्यक्रममा कार्यदलका संयोजक युवराज दुलाल, कांग्रेस बागमती प्रदेशकी प्रमुख सचेतक राधा घले, नेकपा एकीकृत समाजवादीको तर्फबाट माधव पौडेल र मिना ज्ञवाली, नेकपा माओवादी केन्द्रको तर्फबाट बुद्धिमान माझीले हस्ताक्षर गर्नु भएको छ ।
यस्तो छ, प्रदेश सरकारको न्युनतम साझा कार्यक्रम