file photo

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यस वर्षको तीज पर्व घरमै बसेर मनाउन आग्रह गर्नुभएको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा आज एक शुभकामना संदेश जारी गर्दै मुख्यमन्त्री पौडेलले स्वास्थ्य सुरक्षाका मापदण्डको परिपालना गरेर घरमै बसी यस वर्षको तीज मनाउन आग्रह गर्नुभएको छ ।
मुख्यमन्त्री पौडेलले भन्नुभएको छ –“विश्वब्यापिरुपमा फैलिएको कोरोना महामारिका कारण गएको वर्षहरुमा जस्तो गरी यस वर्षको तीज मनाउन सकिने अवस्था छैन । सरकारले नागरिकको स्वास्थ्य सुरक्षाको लागि जारी गरेको सुरक्षा मापदण्डहरु परिपालना गरेर घरमै बसी यस वर्षको तीज मनाउन आग्रह गर्दछु ।” उहाँले धार्मिक तथा साँस्कृतिकरुपमा महत्वपुर्ण यस पर्वले सामाजिक विकृति विसंगति, विभेद र असमानताको विरुद्ध समाजिक तथा राजनीतिक सचेतना प्रवाह गर्न अतुलनिय भुमिका निर्वाह गर्दै आएको उल्ले गर्नुभएको छ । नेपाली नारीहरुले ईतिहासदेखी नै राष्ट्र, राष्ट्रियता, समाजिक न्याय र परिवर्तनका लागि संघर्ष गर्दै आएको र महिलाहरुकै संघर्षको जगमा महिलाको हकहित र अधिकारलाई सुनिश्चित गर्न अनेकौं संवैधानिक तथा कानुनी प्रबन्धहरु गरिएको साथै राज्यको सबै तह र तप्कामा देखिने समावेशि चित्र नेपाली महिला आन्दोलनको सशक्त उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ ।
मुख्यमन्त्री पौडेलले हरितालिका तीजको अवसरमा समतामुलक समाज निर्माण गर्दै सबै वर्ग, लिङग, जातजाती, भाषा, धर्म, संस्कृतिका जनताको एकिकृत प्रयासबाट “सुखी नेपाली, समृद्ध नेपाल” को राष्ट्रिय संकल्प पुरा गर्न बागमति प्रदेश सरकार अथक प्रयासरत रहेको स्मरण गराउँदै सम्पुर्ण नेपाली नारीहरुमा सुख, शान्ति, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्नुभएको छ ।

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण दिदीबहिनीहरुमा सुख, शान्ति एवम्…

Gepostet von Dormani Paudel am Donnerstag, 20. August 2020