प्रतिकात्मक तस्बिर

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । बाँके, काभ्रे र मोरङमा १–१ जनाको मृत्यु भएको हो । आज नेपालगञ्ज उपमहानगरपालिका–५ का ६२ वर्षका पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो । यसैगरी काभ्रेको धुलिखेल नगरपालिकाका ९८ बर्षिय जेष्ठ नागरिकको धुलिखेल अस्पतालमा उपचारको क्रममा विहान मृत्यु भएको हो ।

यसैगरी मोरङको विराटनगर स्थित कोशी अस्पतालको आईसोलेशनमा उपचार गराइरहेका कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ । मोरङको कटहरी वडा नं. १ का ४७ वर्षीय उनलाई आइतवार कोशी अस्पतालको आईसोलेशन वार्डमा भर्ना गरिएको थियो । उनको हिजो अपरान्ह मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १० पुगेको छ ।