हेटौंडा – प्रेस चौतारी नेपाल,मकवानापुर शाखाले बागमती प्रदेश दुग्ध विकास बोर्ड हेटौंडाकी निर्देशक डा. सुलोचना श्रेष्ठले पत्रकारमाथि गरेको अभद्र व्यवहार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै शाखाका संयोजक धर्मेन्द्र दाहाल र सह-संयोजक पुष्पराज अधिकारीले बागमती प्रदेश दुग्ध विकास बोर्डले समाचार संकलनको निम्ती कृषि तथा सहकारी मन्त्रालय पुगेका टिम टेलिभिजन हेटौंडाको पत्रकार सरोज पौडेल र हेटौंडा सन्देश राष्ट्रिय दैनिक पत्रिका र पहिलोपोस्ट डटकममा कार्यरत पत्रकार निशा गुरुङ माथि बोर्डको निर्देशक श्रेष्ठले अभद्र व्यवहार गरेको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
प्रदेश दुग्ध विकास बोर्ड हेटौंडाकी निर्देशक श्रेष्ठद्वारा पत्रकारमाथि अभद्र व्यवहार

‘संवैधानिक रुपमा ग्यारेन्टी गरिएको प्रेस स्वतन्त्रता र सुचनाको हक लाई नै चुनौती दिँदै बोर्डका निर्देशक डा. श्रेष्ठले पत्रकारहरुमाथि गरिएको दुव्र्यवहार समग्र मिडिया र पत्रकार माथिको दुव्र्यवहार हो । घटनाको छानविन सहित श्रेष्ठलाई कडा भन्दा कडा कारबाहीका लागि प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसमक्ष जोडदार माग गर्दछौं । आम नागरिकलाई सु-सुचित गराउने कार्यमा संलग्न पत्रकारलाई धम्की दिनु, दुव्र्यवहार गर्नु, मनोबल गिर्ने अभिव्यक्ति दिनु स्वतन्त्र पत्रकारिता गर्न पाउने नैसर्गिक अधिकार माथिको ठाडो हस्तक्षेपका रुपमा प्रेस चौतारी नेपाल मकवानपुरले लिएको छ । अहिलेपनि कोभिड-१९ जोखिम कायम रहेकाबेला ज्यान जोखिममा राखेर पत्रकारीता गरिरहेका पत्रकारहरुलाई धम्कीपूर्ण दुर्व्यवहार गर्नु कदापी स्वीकार गर्न सकिदैन ।’ विज्ञप्तीमा भनिएको छ ।
यस्तो छ विज्ञप्तीः