मकवानपुर– मकवानपुरकाे कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि ४३ करोड ७२ लाख ५९ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष टंक माेक्तानकाे अध्यक्षतामा आज बुधबार बसेको गाउँसभाको बैठकमा उपाध्यक्ष सुकुमाया थिङले आगामी आवको लागि ४३ करोड ७२ लाख ५९ हजार बराबरकाे अनुमानित बजेट तथा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे ।

कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार, खानेपानी, सडक सञ्जाल, आर्थिक विकास, कृषि र स्वरोजगारलाई प्राथमिकता दिएकाे छ । गाउँपालिकाले किसानलाई मलमा प्रतिकेजी २ रुपैँया अनुदान दिने भएको छ । शिक्षा क्षेत्रको विकास र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । चालु आवका कामहरु निरन्तर गरिने आगामी आवमा थप रचनात्मक र जनहितका कामहरु गरिने उल्लेख गरिएकाे छ ।