फाइल तस्विर

गएराति परेको अविरल वर्षाको कारण मुग्लिन नारायणगढ सडक खण्ड र मुग्लिन नौबिसे सडक खण्ड अवरुद्ध भएको छ । मुग्लिन नारायणगढ सडक खण्डको चारकिलो डाडा र मुग्लिन नौबिसे सडक खण्डको जोगिमारामा पहिरो जादा दुवै सडक खण्ड अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालयको लोडर प्रयोग गरी पहिरो हटाउने कार्य सुरु गरिएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । पहिरो हटाइ राजमार्ग सुचारू हुन २-३ घण्टा लाग्न सक्ने प्रहरीले बताएको छ ।