हेटाैंडा– मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि कूल ५१ करोड १५ लाख, २० हजार २ सय ७७ रुपैँयाको अनुमानित बजेट सार्वजनिक गरेको छ । बुधबार राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लकाे सभाध्यक्षतामा भएको सातौँ गाउँसभामा उपाध्यक्ष निर्मला हिम्डुङले अनुमानित बजेट र वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे ।

बजेटमा संघीय सरकारबाट ३६ करोड ७० लाख ९७ हजार २ सय ७७, प्रदेश सरकारबाट ८ करोड २७ लाख ३३ हजार प्राप्त हुने र स्थानीय स्रोतबाट ३ करोड ३२ लाख संकलन हुने अनुमान गरेर बजेट सार्वजनिक गरेकाे हाे । गाउँपालिकाले आगामी आवमा कृषि, खानेपानी, सडक पूर्वाधार, ग्रामिण विद्युतिकरण, शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटनलगायतका क्षेत्रमा प्राथमिकता निर्धारण गरी बजेट सार्बजीक गरेकाे छ ।











