मकवानपुर – मकवानपरको मकवानपुरगढी गाउँपालिकामा विश्व स्वास्थ्य दिवस मनाइएको छ । मकवानपुरगढी गाउँपालिकाको मुकाम मक्राञ्चुलि स्थित कार्यालयमा सचेतना मुलक अभिमुखिकरण कार्यक्रम आयोजना गरेर दिवश मनाईएको हो ।

याे वर्ष “स्वच्छ वातावरण स्वस्थ नेपाली” भन्ने मुख्य नाराका साथ मनाईएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य प्रमुख धुब्र लामिछानेले वातावरण र स्वास्थ्यको सम्वन्ध, यसका असरलगायत विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बा, विभिन्न वडाका वडाअध्यक्षहरु, स्वास्थ्यकमीहरु, राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिलगायतको सहभागिता थियो । विश्व स्वास्थ्य सङ्गठनको स्थापना दिवसको अवसरमा हरेक वर्षको अप्रिल ७ मा विश्व स्वास्थ्य दिवस मनाउने गरिएकाे छ ।











