सुदूरपश्चिममा थप एक सय ३७ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परीक्षणमा ९६ जना र धनगढीकाे प्रयोगशालामा ४१ जनामा कोरोना पुष्टि भएको हो । 

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार धनगढी परीक्षणमा कैलालीकाे धनगढीका पाँच महिला र १६ पुरुष गरी २१, भजनीका एक पुरुष, अछाममा तीन महिला र दुई पुरुष गरी पाँच जना, डडेल्धुराको गन्यापधुराका तीन पुरुष, कञ्चनपुरको शुक्लाफाँटाका तीन महिला र एक पुरुष गरेर चार जना, बेदकोटका एक पुरुष, भीमदत्तनगरका एक पुरुष, पुनर्वासका दुई पुरुषमा कोरोना पुष्टि भएको छ । बझाङको बुगङ्लका एक महिला र दुई पुरुष गरी तीन जनामा कोरोना पुष्टि भएको हाे । 

यस्तै आज काठमाण्डाैमा भएकाे परीक्षणमा थप ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मनत्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयाे । उहाँका अनुसार कैलालीमा एक महिला र ५७ जना पुरुष गरी ५८ जना, डडेल्धुरामा पाँच महिला र १० पुरुष गरी १५ जना, बैतडीमा एक महिला र १३ पुरुष गरी १४ जना, डोटीमा चार महिला र तीन पुरुष गरी सात जना र अछाम जिल्लामा एक जनामा कोरोना पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या एक हजार एक सय ६१ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी कैलालीका तीन सय ४१, डडेल्धुराका दुई सय चार, बैतडीका एक सय ५६, डोटीका एक सय ६१, कञ्चनपुरका एक सय ८, अछामका ८२, बाजुराका ७२, बझाङका २४ र दार्चुलाका १२ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएकामध्ये पाँच जनाको मृत्यु भएकाे छ भने एक सय ३४ जना निको भएर घर फर्किसकेका छन् ।