हेटौंडा । सहिद दिवसको अवसरमा हेटौंडा–११ मा रहेको सहिद स्मारक विकास समितिले सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर स्मारक विकास समितिले प्रदेश सरकारसंगको सहकार्यमा सप्ताहव्यापी कार्यक्रम गर्न लागेको जानकारी दिएको हो ।
शुक्रबार पत्रकार सम्मेलनमा स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले माघ १० गते बिहीबार स्मारक परिषरमा झण्डात्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरिसकिएको जानकारी दिनुभयो । सहिद सप्ताहकै सन्दर्भ पारेर समितिले शुक्रबार पत्रकार सम्मेलन गरेर साताव्यापी कार्यक्रमको जानकारी गराउनुका साथै पत्रकार महसंघ बागमती प्रदेश र मकवानपुरका नव निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान गरेको छ ।
त्यस्तै सप्ताहव्यापी कार्यक्रम अन्तरगत १२ गते सहिद स्मारक परिषरमा सरसफाइ, १३ गते रक्तदान कार्यक्रम, १४ गते प्रथम सहिद लखन थापा बाटिकामा श्रद्धाञ्जली कार्यक्रम, १५ गते नगरको बालक्लब स्तरीय “लोकतन्त्र प्राप्तीका लागि राजनितिक दलको भुमिका” विषयक वक्तृत्वकला प्रतियोगिता र शिक्षक दौड प्रतियोगिता, महिला शिक्षकको स्लो स्कुटर प्रतियोगिता र अन्तिम दिन वागमती प्रदेश सरकारको समन्वयमा विहान प्रभातफेरी स्मारक गेटबाट सहिद प्रति सलामी, पुष्पार्पण श्रद्धान्जली सभा, सम्मान कार्यक्रम तथा समापन कार्यक्रम रहेको खुलालले बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले समितिले सहिद सप्ताहलाई प्रत्येक वर्ष विषेश पर्वको रुपमा मनाउने गरेको बताउनुभयो । उहाँले सप्ताहव्यापी कार्यक्रममा सहभागि हुन समेत सबैलाई आव्हानसमेत गर्नुभएको छ ।