मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलाल होल्डिङ स्टेशनको व्यवस्थापनमा आफैँ खटिनुभएकाे छ । जिसस मकवानपुरले सदरमुकाम हेटौंडामा संचालन गरेको होल्डिङ स्टेसनको व्यवस्थापनमा जिसस प्रमुख सहित सिंगो जिसस टिम नै लागेको हाे ।

बिशेष गरि भारत तथा विदेशबाट आएकाहरुलाई केहिबेर आराम गर्नका लागि स्थापना भएको होल्डिङ स्टेशनको व्यवस्थापनमा प्रमुख, उपप्रमुख, समन्वय अधिकारलगायत सिंगो जिसस टिम नै लागेको छ । कुवेतबाट बिहीबार नेपाल आएका २९९ जना मध्ये मकवानपुरका समेत सात जना रहेकाले उनिहरु आउने सुचना प्राप्त भएपछि तयारीमा प्रमुख, उपप्रमुखलगायत टिम नै लागेको हो । बिहीबार कुवेत सरकारले जजिरा एयरलाइन्सको दुईवटा फ्लाईटबाट ल्याएका मध्ये मकवानपुरकासमेत रहेका छन् । प्रमुख, उपप्रमुखलगायतको टिम आफैँ खटिएर ओछ्यान लागाउने झुल हाल्ने, सरसफाइ गर्नेलगाएतकाे काममा खटिनुभयाे । होल्डिङ स्टेशनमा खाना, खाजा, जानी, सुत्ने स्थान, आराम गर्ने स्थान, वाईफाईको व्यवस्था, मनोपरामर्श सेवालगायत सम्पुर्ण व्यवस्थापन गरिएको छ ।
फोटो फिचर