मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मान बहादुर स्याङतानको निधन भएको छ । क्यान्सर रोगबाट ग्रसित स्याङतानको उपचारका क्रममा बिहिबार साँझ चितवन मेडिकल कलेजमा निधन भएको हो ।
कलेजोको क्यान्सर रोगबाट ग्रसित स्याङ्तानको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहीबार साँझ निधन भएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । उहाँको निधनले गाउँपालिकालाई निकै ठुलो क्षति पुगेको उहाँले बताउनुभयो ।
नेकपा मनहरी गाउँपालिकाका सचिवालय सदस्य तथा तत्कालिन हाँडिखोला गाविसका निर्वाचित गाविस उपाध्यक्ष रहनुभएका स्यांङ्तानको शव हिजै बेलुका मनहरी ल्याइएको छ । नेकपा मनहरी गाउँपालिका कमिटीले उहाँको पार्थिव शरीरमा आज बिहान ८ बजे देखि ९ बजेसम्म श्रद्धाञ्जली शभाको आयोजना गरेको छ । उहाँको आजै अन्त्यष्टि गरिने बताईएको छ ।











