काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको छ । यसअघि जारी निषेधाज्ञा आज रातिबाट सकिनै लाग्दा उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गृह मन्त्रायलसँग छलफल गरेर निषेधाज्ञा अवधि थप गरेको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायप्रसाद भट्टले टेकअवे, होम डेलिभरी र भन्सार पास भएका निर्माण सामग्रीलाई सञ्चालनका लागि खकुलो गर्दै निषेधाज्ञा बढाइएको बताउनु भयो ।