मकवानपुर– ढुंगा, गिट्टी, बालुवा जिल्ला अनुगमन समितिले बुधबार जिल्लाको भीमफेदी गाउँपालिकामा नदिजन्य पदार्थको अनुगमन गरेको छ । बुधबार जिल्ला समन्वय समितिका प्रमुख एवम् ढुंगा, गिट्टी, बालुवा जिल्ला अनुगमन समितिका संयोजक रघुनाथ खुलालको नेतृत्वमा अनुगमन गरिएको हो ।

अनुगमन समितिले गाउँपालिकाले उत्खनन् गरेका स्थान तथा परिमाणका बारेमा जानकारी लिएको थियो । सो क्रममा गाउँपालिकाका उपाध्यक्ष पावर्ती राना, प्रमुख प्रशासकिय अधिकृत जिवन कुबँरलगायत प्राविधिकहरुले उत्खनन् गरिएको स्थान तथा परिमाणका बारेमा जानकारी दिनुभएको थियो । प्रमुख प्रशासकिय अधिकृत कुँबरले गाउँपालिकाको वातावरणिय प्भाव मुल्याङ्कन (आइइइ) स्वीकृत करीब ६५ हजार घन मिटर परिमाण मध्ये ३० हजार घनमिटरको मात्र ठेक्का बन्दोबस्ती गरेको जानकारी दिनुभयो । साथै दैनिक रुपमा आईईइमा उत्खनन् गर्ने परिमाण बराबरमात्र उत्खनन् गर्ने गरेको जानकारी दिनुभयो ।

अनुगानका क्रममा प्रमुख खुलालले उत्खनन् कार्य व्यवस्थित नै भएको पाईएको तर अब वर्षको अन्तिम भईसकेकाले अझ ध्यान दिन निर्देशन दिनुभयो ।

अनुगमन टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्बती राना, प्रमुख प्रशासकिय अधिकृत जिवन कुँबर, डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख इमनाथ पौडेल, निमित्त समन्वय अधिकारी भीमलाल महर्जनलगायतको सहभागिता थियो ।











