file photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश असहज स्थितिमा रहको बताउनु भयो। काठमाडौँमा आयोजित ग्रासरुट समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो ।
देशमा राजनीतिक स्थिरताको स्थिति नरहेको बताउँदै उहाँले कसैको बहुमत नआउँदा चारतिर फर्किएका दलहरू मिलेर सरकार चलाउनु परेको उहाँको भनाई थियो। चारतिर फर्किएका दलले सरकार बनाउँदा देशको विकास र सुशासन हुन नसकेको बताउनु भयो । यदि एउटा पार्टीको बहुमत हुने भए यो नीतिका साथ काम गर्छु भन्ने स्थिति हुने ओलीलेबताउनु भयो ।