भीमफेदी गाउँपालिककाे निर्माणाधिन भवन ।

मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको मौजदात कोषबाट जिल्लाको भीमफेदी गाउँपालिकाको निर्माणाधिन प्रशासनिक भवनको आज निरिक्षण गरिएको छ । जिसस प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको टोलीले निर्माणाधिन भवनको निरिक्षण गर्नुभएको हो ।

४ करोड १२ लाख ८२ हजारमा निर्माण हुन लागेको गाउँपालिकाको प्रशासनिक भवन निर्माणका जिससको मौजदात कोषबाट १ करोड रुपैया प्रदान गरिएको छ । गाउँपालिकाकाकाे प्रशासनिक भवन निर्माणका लागि तत्कालीन जिल्ला विकास समितिकाे नाममा रहेकाे जग्गा समेत जिससले उपलब्ध गराएकाे हाे । गाउँपालिकाकाले आर एण्ड सी/ नेचुरल जे भी संग २०७७ साल असाढ मा काम सक्ने गरि २०७६ साल साउन १४ गते सम्झौता गरेको हो । साढेँ तीन तल्लाको उक्त भवन हालसम्म दोस्रो तल्ला ढलानको चरणमा रहेको छ । लकडाउनका कारण काममा ढिलाइ भएकाे प्रमुख प्रशासकिय अधिकृत जिवन कुँबरले बताउनुभयाे ।

निर्माणाधिन भवनको निरिक्षण गर्दै प्रमुख खुलालले मकवानपुरका स्थानीय तह मध्ये उत्कृष्ट प्रशासकिय भवन भएको गाउँपालिका भीमफेदी हुने बताउनुभयो । उहाँले काम समयमै सम्पन्न गर्ने तर्फ गाउँपालिका र ठेकेदार कम्पनीले ध्यान दिनुपर्ने सेकेत बताउनुभएको छ । सोहि क्रममा उहाँहरुले भीमफेदी स्थास्य केन्द्र र हात्तीसारको समेत अवलोकन गर्नुभएको थियो । टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख इमनाथ पौडेल, भीमफेदी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जिवन कुँबर, निमित्त समन्वय अधिकारी भीमलाल महर्जनलगायतको सहभागिता थियो ।