सरकारले आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बजेटमा चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ अर्थात् ६१ दशमलव ३१ प्रतिशत, पूँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
यो चालू वर्षको भन्दा २१ प्रतिशतले धेरै हो । आउँदाे आर्थिक वर्षकाे बजेटमा सरकारले ऊर्जा तथा जलविद्युत्, पर्यटन, सूचना तथा प्रविधि, स्वदेशी वस्तुकाे प्रयाेग, उपभाेक्ता अदालत स्थापना लगायतलाई प्राथमिकता राखेकाे छ ।
बजेटकाे पूर्णपाठ–











