हेटौँडा । सरकारले हेटौँडा कपडा उद्योग संचालनमा ल्याउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्मा आज आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुहुँदै हेटौँडा कपडा उद्योग सञ्चालन ल्याइने बताउनुभयाे । पुनले बन्द अवस्थामा रहेको विराटनगर जुट मिल, हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग लगायतका उद्योग सार्वजनिक निजी साझेदारीमा सञ्चालनमा ल्याइने बताउनुभयाे ।