मकवानपुर । बकैया गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को हालसम्ममा ३२ दशमलव ४७ प्रतिशत बजेट खर्च गरेको छ । पालिकाले चालु आर्थिक वर्षका लागि ८१ करोड ८९ लाख ३६ हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा गएको साउनदेखि फागुन ११ गतेसम्म २६ करोड ५९ लाख १६ हजार ९५० रुपैयाँ खर्च गरेको हो । अब पालिकासँग ५५ करोड ३० लाख २० हजार रुपैयाँ बजेट मौज्दात छ ।
यस अवधिमा गाउँपालिकाले सबैभन्दा धेरै तथ्याङ्क प्रणलीमा ७९ दशमलव ०६ प्रतिशत खर्च गरेको छ । तथ्याङ्क प्रणलीमा ९ लाख विनियोजन गरेकोमा अहिलेसम्म ७ लाख ११ हजार रुपैयाँ बढी खर्च भएको छ । यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा १५ करोड ६७ लाख ८६ हजार विनियोजन भएकोमा ६ करोड ५६ लाख ४७ हजर ७९९ रुपैयाँ खर्च भएको छ ।
यस्तै पूर्वाधार विकास क्षेत्रमा १७ करोड ८८ लाख छुट्याएको गाउँपालिकाले यस अविधिमा चार करोड ६५ लाख १७ हजार ७४२ रुपैयाँ खर्च गरेको छ । आर्थिक विकास क्षेत्रमा ८ करोड ४४ लाख ७७ हजार विनियोजन भएकोमा ९१ लाख ८६ हजार ७११, कृषि क्षेत्रमा ३ करोड १६ लाख ५० हजार विनियोजन भएकोमा २९ लाख ९३ हजार ८४७ रुपैयाँ खर्च भएको छ ।
गाउँपालिकाले पाँचर वटा क्षेत्रमा भने सात महिनासम्ममा १० प्रतिशत भन्दा कम बजेट खर्च गरेको छ । भने, शान्ति तथा सुव्यवस्थाको क्षेत्रमा बजेट नै खर्च गर्न सकेको छैन । पालिकामा कृषिमा ३ करोड १६ लाख ५० हजार विनियोजन भएकोमा ९ दशमलव ३६ प्रतिशत, उद्योग क्षेत्रमा १ करोड ४५ लाख ९७ हजार विनियोजन भएकोमा ९ दशमलव ४८ प्रतिशत, पर्यटन क्षेत्रमा ९६ लाख विनियोजन भएकोमा ८४ हजार १२९ अर्थात शुन्य दशमलव ९८ प्रतिशत, खानेपानी तथा सरसफाई क्षेत्रमा २ करोड ५७ लाख विनियोजन भएकोमा २ लाख ७७ हजार ९७४ अर्थात एक दशमलव ०८ प्रतिशत, कानुन तथा न्याय क्षेत्रमा १६ लाख ६२ हजार विनियोजन भएकोमा एक लाख ७ हजार ६५२ अर्थात ६ दशमलव ४८ र सम्पदा पुर्वाधार क्षेत्रमा ८६ लाख विनियोजन भएकोमा ५ लाख ४२ हजार ६५१ अर्था ६ दशमलव ३१ प्रतिशत बजेट खर्च भएको छ ।
यस्तो छ बकैया गाउँपालिकाको क्षेत्रगत बजेट खर्च–












