बिश्वमै दुर्लभ अवस्थामा रहेको वन्यजन्तु सालक (प्यांगोलिन) र लोप हुने अवस्थामा पुगिसकेको मकवानपुरको चिनारीको रुपमा रहेको काठको ठेकीले अघिल्लो वर्ष जिल्लामा निकै चर्भा पायो । तर, एउटा व्यक्ति (डिएफओ) फेरिएसंगै अहिले उक्त विषय फेरी सेलाउँदै गएको छ ।

यहाँ कुरा गर्न खोजेको व्यक्ति हो, तत्कालिन डिभिजन वन कार्यालय मनहरीका प्रमुख विष्णु प्रसाद आचार्य । मकवानपुरमा रहँदा उहाँले पर्यापर्यटनको संरक्षणमात्रै हैन नागरिकको जिविकोपार्जनलाई समेत ठेवा पुग्ने गरि गर्नुभएको कार्य प्रशसंनिय रह्यो । उहाँले सालक, दार, चिउरी, चमेरो, चेपाङ, साल, सिता अशोक, छतिवन, निमलगायतको संरक्षण र प्रबद्र्धनमा खेल्नुभएको भूमिका प्रसंशनिय छ ।
एउटा व्यक्ति सकृय रुपमा लाग्दा राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चारमाध्यममा मात्र हैन सरकारले बजेट नै व्यवस्था गर्नुपर्ने वाध्यता सृजना भएको थियो । भने अहिले ती विषय सेलाउँदै गएको र सरकारले विनियोजन गरेको बजेट समेत खर्च नहुने अवस्थामा पुगेको भान भएको छ । यहाँ उदाहरणका रुपमा उहाँको प्रयास र सकृयताका कारण जिल्लामा भएका केहि उदाहरणिय कार्य र त्यसको प्रभावका विषयमा चर्चा गरिएको छ ।
सालक मकवानपुरकै गौरबको प्राणि घोषणा
मकवानपुर जिल्लामा रहँदा उहाँले सुरु गर्नुभएको अभियान कै कारण सालकलाई जिल्लाको गौरबको प्राणि घोषणा गरिएको थियो । मकवानपुरको करीब हरेक क्षेत्रमा पाईने शान्त एवम् लजालू स्वभावको स्तनधारी जनावर सालकको संरक्षण गर्ने उदेश्यका साथ २०७९ साल फागुन ६ गते यसलाई जिल्लाको गौरबको प्राणिका रुपमा घोषणा गरियो । भने उहाँको अभियानकै कारण सालक किशानको साथी भएको र यसलाई संरक्षण गर्नुपर्नेमा सबैको सहमति मिल्यो ।
यस्तै सालकलाई प्रदेश खेलकुद र अन्तर प्रदेश राष्ट्रिय खेलकुदको मस्कटको रुपमा समेत प्रयोग गरियो । तर, मकवानपुरबाट उहाँको सरुवासंगै नेपालको संरक्षित वन्यजन्तु सालकको संरक्षणको अवस्था, वासस्थान, परिस्थिकीय प्रणालीको ज्ञानमा अभिवृद्धि गर्ने, सालकको अवैध चोरी, शिकारी तथा व्यापार नियन्त्रण गर्ने, बासस्थानको संरक्षणका लागि खोजी एबम् व्यवस्थापन गर्ने, स्थानीय जनताको उत्तरदायित्वको वृद्धि गर्ने जस्ता कार्यहरु सेलाउँदै गएको छ ।
दारको पकेट क्षेत्र घोषणा
मकवानपुरमा रहँदा उहाँले सुरु गर्नुभएको अर्को अभियान हो दारको संरक्षण । दारको ठेकीकालागि प्रख्यात मकवानपुरमा दार प्रजातीका बिरुवा नै करिव नगन्य र लोप हुने अवस्थामा पुगेको अवस्थामा उहाँले यसको प्रवर्धन गर्न अभियान नै संचालन गर्नुभयो ।
उहाँले दार संरक्षणलाई अभियानकै रुपमा अगाडी बढाउनु भएका कारण लोप हुने अवस्थामा रहेको दारको बृक्षारोपण एवम् पकेटक्षेत्र नै घोषणा गरेर कार्य अगडी बढाईएको थियो । जसको फल स्वरुप जिल्लामा अहिले कतिपय सामुदायिक वनले दारको ठेकी उत्पादन समेत हुन थालेका छन् । तर पुन दारको कुरा पनि मकवानपुरबाट सेलाउँदै गएको छ ।
चिउरी र चमेरो संरक्षण कार्यक्रम
मकवानपुरमा रहँदा उहाँले सुरु गर्नुभएको अर्को विशेष अभियान हो, “चिउरी, चमेरो र चेपाङ” कार्यक्रम । उहाँले बहुऔषधिय गुण युक्त चिउरीको संरक्षण गर्न सके लोपोन्मुख जाति चेपाङ समुदायको उत्थान गर्न सकिने भन्दै अभियान नै सुरु गर्नुभयो । जसको फल स्वरुप बागमती प्रदेश सरकारले प्रदेशमा बसोबास गर्ने चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम नै सञ्चालन गरेको छ । जसका कारण चेपाङ समुदायको उत्तथानमा टेवा पुगेको छ । तर, अहिले यो विषय पनि विस्तारै सेलाउँदै गएको छ ।
नक्षत्र बाटीका निर्माण
मकवानपुरमा रहँदा उहाँले सुरु गर्नुभएको अर्को विशेष अभियान हो, नक्षत्र बाटीका निर्माण । एकै स्थानमा विभिन्न २७ प्रजातिको विरुवा रोपेर नक्षत्र बाटिका स्थापना गनैमा उहाँको योगदान रहेको छ । पूर्वीय दर्शन अनुसार ग्रह, नक्षत्रको सन्तुलन बिरुवाद्वारा हुने हुँदा २७ नक्षत्र अनुसारको २७ प्रजातिका विरुवा रोपिएको छ ।
बाटिकामा २७ नक्षत्र अनुसारको अमला, समि, जामुन, आँक, बाँस, मौलश्री, रिठ्ठा, पलाँस, डुम्री, सिसौ, पिपल, नागकेशरी, बर, बेल, अर्जुन, कंकेरो, सिमल, राजबृक्ष, कटहर, कदम, आँप, नीम, केरा, महुवा, खयर, लहरे पिपल र वेत गरि २७ प्रजातिका बिरुवा रोपिएको छ । वनजंगलको संरक्षण एवम् प्राकृतिक र सास्कृतिक हिसावले महत्वपूर्ण हुने नक्षत्र बाटिका प्रकृति र संस्कृतिको समायोजनका रुपमा लिईएको थियो । प्रकृतिको प्राकृतिकता जोगाउन र संस्कृतिको मौलिकता जोगाउन यो बाटीकाले महत्वपूर्ण भुमिका खेलेको छ । तर यो बाटीकाको अवस्थाको बारेमा पनि अहिले खासै चर्चा भएको छैन ।
एकै स्थानमा सीता र त्रिजटाको मुर्ति स्थापना
मकवानपुरमा रहँदा उहाँले गर्नुभएको अर्को उदाहरणिय कार्य हो, एकै स्थानमा सीता र त्रिजटाको मुर्ति स्थापना । “प्रकिति र संस्कृति” को अनुपम संगम राक्सिराङ गाउँपालिका–३, स्थित अशोक बाटिकामा उक्त मुर्ति निर्माण गरिएको छ । उहाँले सायद नेपालमा यो पहिलो हुन सक्ने दावी समेत गर्नुभएको थियो ।
उक्त स्थानमा सीता र त्रिजताको संयुक्त मुर्ति स्थापित गरिएको छ । त्यस स्थानमा स्थानमा ३० भन्दा बढी ठुला अशोक र सयौंको संख्यामा बिरुवा रहेको हुँदा त्याहाँ भएका अशोकको संरक्षण गर्दै उक्त क्षेत्रलाई अशोक बिउ केन्द्रको रुपमा स्थापित गर्ने तथा भविष्यमा अशोकको अध्ययन केन्द्रको रुपमा स्थापित गर्ने अभियानका रुपमा उहँँले कार्य अगाडी बढाउनु भएको थियो । तर हाल उक्त स्थान पनि ओझेलमा परेको छ ।
‘वातावरण शिक्षा’ पुस्तक प्रकाशन
मकवानपुरमा रहँदा उहाँले गर्नुभएको अर्को उदाहरणिय कार्य हो, वातावरण शिक्षा पुस्तक प्रकाशन । उहाँले वनजंगल, वातावरण, पर्यटन, जैविक विविधतालगायतका विषयवस्तु समेटेर पुस्तक प्रकाशन गर्नु भएको थियो । विद्यालय÷विद्यार्थी, प्रकृतिप्रेमीलगायत बिभिन्न संघसंस्थालाई उपयोगी हुने गरि प्रकाशित उक्त पुस्तक निकै उपयोगि थियो ।
वन, वातावरण, पर्यटन विकास, पर्यावरण, वन्यजन्तु संरक्षण, जलाधार क्षेत्रको संरक्षण लगायतका बिषयमा केन्द्रित रही तयार पारिएको उक्त पुस्तकमा मकवानपुरको शैक्षिक अवस्था÷गतिबिधि, वन बाताबरणका बिषयबस्तु, मकवानपुरको सन्दर्भ, राष्ट्रिय सन्दर्भ लेख, कबिता, स्मरण, तस्विर र नाराहरु समेटिएको छ । उहँँले नयाँ पुस्तालाई वन, वातावरण, पर्यटन विकास, पर्यावरण, वन्यजन्तु संरक्षण, जलाधार क्षेत्रको संरक्षण अभियानमा सहभागि गराउन र भासव पुस्तालाई जानकारी दिलाउने उदेश्यका साथ प्रकाशन गर्नुभएको उक्त पुस्तक पनि कतै हराएको छ ।
यती मात्रै होईन उहाँले मकवानपुरमा रहँदा निम, छतिवन, सतिसाल, साल, वेललगायतका औषधिजन्य वनस्पतिको संरक्षण र प्रबद्र्धनका लागि पनि मकवानपुर जिल्लामा विभिन्न अभियन संचालन गर्नुभएको थियो । तर, उहाँको सरुवासंगै जिल्लाबाट सबै अभियानहरु अहिले सरुवा भएका छन्÷अस्ताएका छन् । हाल उहाँ डिभिजन वन कार्यालय धादिङमा कार्यरत हुनुहुन्छ ।