file photo

हेटाैंडा । पुर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा–२२, स्थित ३ नम्बर पुलमा यात्रु बस दुर्घटना हुँदा १ दर्जन बढी घाइते भएका छन । मंगलबार दिउँसाे धनगढीबाट विराटनगर तर्फ जाँदै गरेकाे ना ६ ख ९०३० नम्बरकाे बस पुल नजिकबाट खाेलामा खसेर दुर्घटना भएको हाे ।
दुर्घटनामा घाइते मध्ये १२ महिला, ३ पुरुष र २ जना बालबालिकाे हेटाैंडा अस्पतालमा उपचार भइरहेकाे मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयाे । घटनाको थप विवरण आउन बाँकी छ ।