मकवानपुर । मदन भण्डारी फाउण्डेसन मकवानपुरले सहिद दिवसका अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ । सोमबार फाउण्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले सहिद स्मारक विकास समितिसंग सहकार्य गरेर सहिद स्प्ताहका अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
सहिद स्मारक विकास समितिले हरेक वर्ष सहिद दिवसको अवसरमा सप्ताह व्यापि कार्यक्रम आयोजना गर्ने गरेको छ । सोहि कार्यक्रम अन्तरगत एक दिन फउण्डेसनले बाल सञ्जालका विद्याथर्तीहरुको सहभागितामा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको अध्यक्ष खुलालले बताउनुभयो । यसका लागि फाउण्डेसनका कोषाध्यक्ष चन्द्रवती पनेरु, सदस्य कुमार केसी र गोकर्ण तिवारी रहेको तयारी उपसमिति समेत गठन गरेको छ ।

यस्तै बैठकले यस अघि आयोजना गरेको कार्यक्रमको समिक्षासमेत गरेको उहाँले बताउनुभयो । फाउण्डेसनको रजत बर्ष र शुभ दिपावलीको अवसरमा रजत वर्ष शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रम आयोजना गरेको थियो । बैठकले कार्यक्रम प्रभावकारी भएको निष्कर्ष निकाले उहाँले बताउनुभयो । यस्तै बैठकले मदन भण्डारी फाउण्डेसन मकवानपुर र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठनसँग समन्वय र सहकार्य गरि जिल्लामा स्वास्थ्य र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेगरि संस्थालाई पत्राचार गर्ने, फाउण्डेसनको साधारणसभा गर्ने विषयमा आवश्यक विचार विमर्श गर्नेसमेत निर्णय गरेको अध्यक्ष खुलालले बताउनुभयो ।

यस्तै बैठकले भर्खरै सम्पन्न नेकपा एमाले हेटौंडा उपमहानागरपालिकाको नगर अधिवेशसनबाट फाउण्डेसनका सचिव बोलबहादुर कार्की, कोषाध्यक्ष चन्द्रावती पनेरु, सदस्य विवश अधिकारी क्रमश अध्यक्ष, सहसचिव र सदस्य पदमा निर्वाचित हुनुभएकोमा सफल कार्यकालको शुभकामना व्यक्त गर्ने साथै भखैरै सम्पन्न मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा निर्वाचित सम्पूर्णमा पनि सफल कार्यकालको शुभकामना व्यक्त गर्ने निर्णय गरेको अध्यक्ष खुलालले जानकारी दिनुभयो ।