हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस भव्यताका साथ मनाइएको छ । संबिधान दिवस मुल समारोह समिति, बागमती प्रदेशको आयोजनामा विविध कार्यक्रमको आयोजना गरि राजधानी हेटौंडामा संविधान दिवस मनाइएको हो ।

दिवशका अवसरमा हेटौंडाको बुद्धचोकबाट प्रभातफेरी गर्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय परिषरमा गएर सभामा परिणत भएको थियो । प्रभात फेरीमा नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरीलगायतले बिभीन्न थरीथरीका झाकी सहित सहभागिता जनाएका थिए ।
कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख प्रमुख यादब चन्द्र शर्माले संविधानसभाबाट जनताद्वारा निर्वाचित प्रतिनिधीहरूले विद्यमान संविधान निर्माण गरेको बताउनुभयो । उहाँले संविधानका मर्म र भावनाहरुको पालना गर्न प्रतिबद्धता व्यक्त गर्नु नै हामी सबैको मूल दायित्व रहेको समेत बताउनुभयो । संविधानले परिकल्पना गरेको सुशासन यस्तै रहेको उहाँको भनाई थियो । सबैले संविधानको पालना, रक्षा र कार्यान्वयनमा अटल एवम् अविचल रहने दिनको रूपमा अङ्गीकार गर्नसके लोकतान्त्रिक आन्दोलनप्रति सम्मान र वीर शहीदहरुप्रति श्रद्घाञ्जली हुने उहँँले बताउनुभयो । संविधानले समाजवादको सुखद् परिकल्पना गरेको छ र यसबाट समृद्ध नेपाल निर्माण गर्दै सुखी नेपालीको हसिलो मुहार हेर्ने अपेक्षा गरेको गरेको उहाँको भनाई थियो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले संविधानले निर्दिष्ट गरेका सबै अधिकार पाउनुपर्ने बताउनुभयो । संविधानले निदृष्ट गरेका अधिकारहरू कार्यान्वयनमा नआउँदा जटिलता आइरहेको उहँँको भनाई थियो । उहाँले संविधानले तोकेको अधिकार केन्द्रले प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन नखोजेको जिकिर गर्नुभयो । यसले गर्दा सङ्घीयता कार्यान्वयनमा समस्या रहेको तर्क मुख्यमन्त्री जम्मकट्टेलको छ । संविधानमा लेखिएका अधिकार कार्यान्वयन प्रमुख विषय रहेको उहाँले बताउनुभयो । संबिधानलाई कार्यान्वयन गरेर मात्र समृद्धी र समाजबाद आउने उहँँको भनाई थियो ।
कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेशका मन्त्रीहरु, सचिबहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, कर्मचारीहरु, सुरक्षा निकायका प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो ।