साविक विजेता नेपाल एक खेल अघि नै एसीसी प्रिमियर कपमा समूह ‘ए’ को विजेता बनेको छ । मङ्गलवार कतारले साउदी अरबलाई १५ रनले पराजित गरेसँगै नेपाल समूह विजेता बनेको हो ।
नेपाल एक खेलअगावै सेमिफाइनल पुगिसकेको छ । नेपालको ३ खेलबाट ३ जितसहित ६ अङ्क रहेको छ । कतारले जित हासिल गरेसँगै समूह ‘ए’ को उपविजेता भने अझै टुङ्गो लाग्न सकेको छैन । यस समूहमा ४ खेल खेलिसकेको कतारको २ जितसहित ४ अङ्क रहेको छ । १/१ खेल खेल्न बाँकी साउदी, मलेसिया र हङकङको समान २ अङ्क रहेको छ ।