हेटौंडा । मकवानपुरमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाईते भएका छन् ।
मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–१२ खोरभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा बकैयाँ–१२ टरबास बस्ने मोटरसाइकलमा पछाडि सवार ६८ वर्षकी ठुलिमाया न्यासुरको मृत्यु भएको हो । जितपुरभन्ज्याङबाट चपकि खानी तर्फ जाने भित्रि कच्चि सडक खण्डमा ना ५१ प ५०४१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई रोडमा दुर्घटना हुँदा न्यासुरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाईते भई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाईते मोटरसाइकल चालक मृतकका न्यासुरका छोरा ३२ वर्षिय राजकुमार न्यासुरको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।