प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथिको सुनुवाई आज पनि जारी छ । सर्वाेच्च अदालतको संबैधानिक इजलासमा भइरहेको सुनवाईमा आज पनि निवेदक तर्फका कानुन व्यवसायीले बहस गरिरहनुभएको छ । इजलासमा महान्यायधिवक्ता अग्नी खरेलले राजपत्रमा प्रकाशित प्रतिनिधिसभा विघटनको सूचना पेश गर्नुभएको छ ।

हिजोको वहसमा अधिबक्ता टीका भट्टराईले विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको विषय उठाएपछि न्यायधिश अनिलकुमार सिन्हाले महान्यायधिबक्ताको कार्यालयसँग राजपत्रमा प्रकाशित सुचना माग्नु भएको थियो । संबैधानिक इजलासमा भइरहेको वहसमा आज पनि बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघठन गरेको विषय बैधानिक हो या होइन भन्ने विषयमा नै केन्द्रित रहेको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनको आइतबारदेखि एकसाथ सुनुवाई गरिरहेको छ ।