मकवानपुर – मदन भण्डारी फाउण्डेशन मकवानपुरले मंगलबार (भोली) हेटौंडामा बिचार गोष्ठीको आयोजना गर्ने भएको छ । फाउण्डेशनको आयोजनामा सामाजिक, आर्थिक रुपान्तरणमा जबज र मदन भण्डारीको योगदान बिषयक बिचार गोष्ठी हुन लागेको हो ।
मदन भण्डारीको बिचार र योगदानलाई जिवन्त राख्दै नयाँ पुस्तामा उहाँका बिचारहरु हस्तान्तरण गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको फाउण्डेशनका जिल्ला अध्यक्ष रघुनाथ खुलालले बताउनुभयो । फाउण्डेशन मकवानपुरद्धारा हरेक महिना एउटा कार्यक्रम आयोजना गर्ने निर्णय भए अनुसार बिचार गोष्ठीको आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले “सामाजिक, आर्थिक रुपान्तरणमा जबज र मदन भण्डारीको योगदान” लगायत अन्य समसामयिक विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुने उहाँले बताउनुभयो । जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा बिहान ११ बजेबाट हुने कार्यक्रमको सम्पूर्ण तयारी भई सकेको उहाँले बताउनुभयो ।