हेटौंडा – नेकपा एमालेका केन्द्रीय पोलिटव्यूरो सदस्य तथा केन्द्रीय स्कुल विभाग उपप्रमुख ईश्वरी रिजालले माधव नेपाल र पुष्प कमल दाहाल (प्रचण्ड) को स्वार्थको कारण नेपालमा कम्युनिष्ट आन्दोलन विखण्डन भएको बताउनुभएको छ । नेकपा एमाले बाग्मति गाउँपालिकाद्वारा आयोजित पार्टी सुदृढीकरण तथा शुद्विकरण अभियान अन्तरगत सञ्चालित प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले माधव र प्रचण्डकै कारण कम्युनिष्ट आन्दोलन विखण्डन भएको र दक्षिणपन्थी हावी देखिएको बताउनुभयो ।

No description available.

नेता रिजालले स्थानीय निर्वाचनमा नेकपा एमालेको सिट संख्या कमि भएता पनि जनमतमा पहिलो पार्टी भएकोले संघीय निर्वाचनबाट नै सिट र जनमतमा पहिलो पार्टी हुने दावि गर्नुभयो । उहाँले पटक पटक नेपाली काँग्रेस सत्तामा पुगे हरेक पटक पनि मुलुकलाई बर्वादी तर्फमात्र पु¥याएको भन्दै नेकपा एमालेका नेताहरू मनमोहन र केपी ओली सरकारको ९÷९ महिना सरकारको सफलतालाई स्मरण गर्न आग्रह गर्नुभयो । उहाँले नेपाली काँग्रेससंग एक्लै निर्वाचन लड्ने सामर्थ नभएको र साहारा खोज्दै हिँडेकोले एमालेको कार्यकर्ता एकजुट भएर निर्वाचनमा लाग्नुपर्ने बताउनुभयो । कम्युनिष्टहरू आफैमा अनुशासित हुने भएकोले अध्ययनशिलता, ग्रहणशिलता, प्रयोगशिलता र सृजनशिलता हुनुपर्ने बताउँदै सधै अग्रमन र परिवर्तनकारी हुने बताउनु भयो ।

No description available.

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाले पार्टी माथी चौतर्फी प्रहार भईरहेको बेला हरेक कार्यकर्ताले जिम्मेवारी बोधका साथ भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । क्रान्ति सम्पन्न भयो तर जनताको अबस्था नफेरिएकोले अबको कार्यभार समाजबादको निर्माणको आधार निर्माण गर्नुपर्ने रहेको नेता रानाले बताउनु भयो । केन्द्रीय सदस्य तथा सांसद कृष्णप्रसाद दाहालले मुलुकको आर्थिक जर्जरतालाई अन्त्य गरि विकास, समृद्वि र संघीयतालाई सुदृढ गर्नको लागि एमालेले आगामी निर्वाचनमा जित्नुको विकल्प नभएको बताउनु भयो ।
कार्यक्रममा जिल्ला सचिव नवीन सिग्देलले बहुदलीय जनवादको मान्यता अनुरूप पार्टी संगठन निर्माण र परिचालनबारे प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा प्रदेश कमिटी सदस्य अणराज जर्गामगर, पद्मा पौडेल, दिलबहादुर घिसिङ्ग, छिरिङ्ग दोर्जे पाख्रिन, नारायण सापकोटा, खेमराज जर्गा मगर, शर्मिला विक, मदनकुमार दाहाल, जिल्ला कमिटी सदस्य राजकुमार तिमल्सिना,कमल राई, सरिता विक, मदनकुमार दुरूङ्गच्याङ्ग, बकैया गाउँपालिका अध्यक्ष गोपाल दाहाल, उपस्थितिमा कार्यक्रमको पालिका कमिटीका अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षतामा भएको हो । प्रशिक्षणमा पालिका कमिटी सदस्यहरू वडा कमिटीका पदाधिकारीहरू, जनसंगठन पालिका कमिटीका पदाधिकारीहरू, निर्वाचित जनप्रतिनिधिहरू गरि १ सय २५ जनाको सहभागिता भएको पालिका सचिव मनोज नेगीले बताउनु भयो । ।