चितवन– कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाकाे मृत्यु भएको छ । चितवन भरतपुर नगरपालिका–११ का एक पुरुषको कोरोना संक्रमणले मृत्यु भएको हो । मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काेराेना संक्रमणका कारण आज चितवनका एक जना पुरूषकाे मृत्यु भएकाे जानकारी दिनुभयाे । मृतक पुरुषमा ज्वरो, निमोनिया, प्रेसर र सुगरको समस्या समेत रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले बताउनुभयो ।
योसँगै मृत्यु हुनेको संख्या १५ पुगेको उहाँले जानकारी दिनुभयाे । हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखा एक, पाल्पाका एक, सुर्खेतका एक, कैलालीका एक, डोल्पाका एक, स्याङ्जाका एक र चितवनका एक गरी १५ जनाको मृत्यु भएको छ ।