मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश सभाबाट पारित भएका तीन वटा विधेयकलाई प्रदेश प्रमुख शर्माले आज प्रमाणीकरण गर्नुभएको हो ।
प्रदेश प्रमुख शर्माले केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।