मकवानपुर – मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा सञ्चालित हेटौंडा अस्पतालमा कोरोना संक्रमणका कारण सोमबार (आज) २ जनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिनुभयो ।
सोमबार बिहान १० बजेर ३५ मिनेटमा हेटौंडा १५ का ५४ वर्षीय पुरुषको मृत्यु भएको छ भने ११ बजेर ५० मिनेटमा हेटौंडा–४ का ५२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै हेटौंडा अस्पतालमा उपचारको क्रममा हालसम्म १ सय ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।