मकवानपुर – मकवानपुरमा जारी रहेको निषेधाज्ञा एक साता थपिएको छ । बिहीबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले जिल्लामा सक्रिय संक्रमितको संख्यामा कमि नआएकोले असार ३१ बिहिबार राति १२ बजेसम्म कायम गरिएको निषेधाज्ञा पुनः एक साता थप गर्दै साउन ७ गतेसम्म थप गरिएको हो ।
निषेधाज्ञा थप गरेपनि निषेधाज्ञाको स्वरुप भने परिवर्तन गरी बजार खोल्न समय थप गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । अब खाद्यान्न पसल विहान ११ बजे सम्म खोल्न पाईने छ , भने गैर खाद्यान्न पसल ११ बजे देखी साँझ ६ बजे सम्म खोल्न पाइने प्रजिअ पाण्डेले बताउनुभयो । सार्वजानिक सवारी साधनमा भने विहान ६ बजे देखी साँझ ७ बजे सम्म सञ्चालन गर्न पाइने तथा बाकीँ अन्य निर्णय भने पुरानै कायम रहने उहाँले बताउनुभयो ।
यस अघि बिहान ४ बजेबाट १० बजेसम्म खोलिदै आएको खाद्यान्न, फलफूल तथा मासु पसल १ घण्टा थप गरि ११ बजेसम्म खोल्न पाइने भएको छ । भने रेष्टुरेन्ट, मोबाइल, स्टेश्ननरी, कपडा सहित खोल्न अनुमति दिइएको पसल २ घण्टा अर्थात साझ ६ बजेसम्म खोल्न पाइने भएको छ । त्यसैगरी बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म संचालनका लागि अनुमति दिइएको सार्वजनिक यातायातको हकमा भने १ घण्टा थप गर्दै ७ बजेसम्म पुर्याइएको उहाँले बताउनुभयो ।
हेर्नुहोस निर्णय